प्रशासन र प्रहरी निकम्मा भन्दै जनप्रतिनिधिको सडक संघर्ष


काठमाडौं ।

हेटौंडा उपमहानगरपालिकाका मेयर, उपमेयर र १९ वटै वडाका अध्यक्षहरु प्रमुख जिल्ला अधिकारी स्किमा श्रेष्ठ र एसपी विश्वराज खड्काविरुद्ध आन्दोलनमा उत्रिएका छन्। एक महिनाअघि वडा नं १ का अध्यक्ष सविन न्यौपानेमाथि भएको आक्रमणका दोषीहरू अझै पक्राउ नपरेको भन्दै उनीहरूले जिल्ला प्रशासन कार्यालयमै टेबल राखेर सेवा दिन थालेका छन्।

प्रवक्ता न्यौपानेले सार्वजनिक जग्गा अतिक्रमणमा संलग्न गिरोहबाट आफूमाथि आक्रमण भएको र प्रहरी प्रशासनले कुनै ठोस कदम चाल्न नसकेको आरोप लगाए। प्रशासनको कमजोर समन्वय र निष्क्रियताका कारण जनप्रतिनिधिहरु असुरक्षित महसुस गरिरहेको बताएका छन्।

यसअघि प्रजिअ श्रेष्ठ कार्यशैलीका कारण पटक–पटक विवादमा परेकी छिन् भने पत्रकारमाथिको व्यवहार र धरपकडको शैलीको समेत आलोचना हुँदै आएको छ।