दोलखामा पहिरो र बाढीले दुई मुख्य सडक अवरुद्ध


काठमाडौं ।

दोलखाको बिगु गाउँपालिका–१ सोल्टीमोडमा खसेको पहिरोले सिंगटी–लामाबगर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार सडक खुलाउने प्रयास जारी छ तर समय लाग्न सक्नेछ।

त्यस्तै, कालिन्चोक गाउँपालिका–६ स्थित लापिलाङ जाने सडक पनि गोदुङ क्षेत्रमा खहरेखोला अचानक खुलेपछि क्षतिग्रस्त भएको छ।

माटो, लेदो र ढुंगा जम्दा सडक भत्किएको र हाल चारपांग्रे सवारी साधन चल्न नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ।