काठमाडौं ।
नयाँ आर्थिक वर्षको सुरुआतसँगै सर्वोच्च अदालतमा आइतबार (साउन ) एकल इजलास मात्र तोकिएको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासमा तीन बन्दी प्रत्यक्षीकरणसहित सात मुद्दा पेसीमा छन्।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईकेलका अनुसार अघिल्लो आर्थिक वर्षका आन्तरिक डाटा मिलाउनुपर्ने भएकाले साउन ७ गतेसम्म सीमित इजलास मात्र बस्ने व्यवस्था गरिएको हो। यस अवधिमा सामान्यतः बन्दी प्रत्यक्षीकरण र अन्तरिम आदेश माग भएका रिट निवेदन मात्र हेर्ने गरिएको उनले बताए।











प्रतिक्रिया