हुम्ला ।
हुम्लाको सर्केगाड गाउँपालिका–४ झापुकुनामा रहेको मानदेव शाहीको किराना पसलमा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीमा पसलका सामग्री, स्टेशनरी, कपडा लगायतका सामान जलेर पूर्ण रूपमा नष्ट भएका छन्।
आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी छ। आगो नियन्त्रणमा ल्याउन स्थानीयवासी र सर्केगाड प्रहरीको टोली खटिएको थियो।











प्रतिक्रिया