काठमाडौं ।
भारतीय सेनाको आयोजनामा हुने १३४ औं संस्करणको डुरान्ड कप फुटबल प्रतियोगितामा सहभागी हुन त्रिभुवन आर्मी क्लबका खेलाडीहरू आज भारत प्रस्थान गरेका छन्।

आगामी श्रावण ७ गतेदेखि भदौ ७ गतेसम्म (२३ जुलाई – २३ अगस्ट २०२५) सञ्चालन हुने यस प्रतियोगितामा आर्मी क्लबले भारतका ए लेभलका फुटबल क्लबहरू र इन्डियन आर्मी एफटीसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरूको टोलीलाई सैनिक तालिम महानिर्देशक उपरथी श्री ध्रुव प्रकाश शाहले जङ्गी अड्डामा आयोजित कार्यक्रमका बीच विदाई गरेका थिए।

यस प्रकारका अन्तर्राष्ट्रिय खेलकुद प्रतिस्पर्धाले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै नेपाली सेना र भारतीय सेनाबीचको मित्रता र सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिइएको छ।











प्रतिक्रिया