माथिल्लो तमोर जलविद्युत आयोजनाको निर्माण रोक्न ताप्लेजुङमा स्थानीय आन्दोलन


काठमाडौं ।

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा धार्मिक र सांस्कृतिक महत्व बोकेको याक्थुङ (लिम्बू) समुदायको मुन्धुम स्थलमा माथिल्लो तमोर जलविद्युत आयोजना जबरजस्ती निर्माण गरिएकाले स्थानीयले विरोध प्रदर्शन गरेका छन्।

प्रभावित क्षेत्रका स्थानीयले ‘अपर तमोर हाइड्रोपावर प्रभावित संघर्ष समिति’ गठन गरी आयोजना तत्काल रोक्न माग गर्दै आन्दोलन सुरु गरेका छन्।

समितिले सरकार र सम्बन्धित निकायलाई ज्ञापन पत्र बुझाएको भए पनि माग नबुझिएपछि शुक्रवार आयोजना स्थलमै शान्तिपूर्ण विरोध प्रदर्शन गरेको छ।

स्थानीयले मुन्धुम स्थलको संरक्षण र वैकल्पिक स्थानबाट आयोजना अगाडि बढाउन जोड दिएका छन्। सुरक्षाका लागि प्रहरी परिचालन गरिएको थियो।