काठमाडौं ।
डिभिजन वन कार्यालय महोत्तरीले डढेलो नियन्त्रणका लागि छुट्याएको १२ लाख ७० हजार रुपैयाँ बजेट हिनामिना भएको आरोप स्थानीयले लगाएका छन्। कागजमै गोष्ठी सम्पन्न देखाएर रकम दुरुपयोग भएको भन्दै उनीहरूले अख्तियारमा उजुरी दिएका छन्।
डढेलोले वर्षेनी करोडौंको काठ–दाउरामा क्षति पुर्याउँदा पनि डिभिजन वन कार्यालयको खर्च प्रभावकारी नभएको स्थानीयको गुनासो छ। बर्दिवास र गौशालाका सामुदायिक, साझेदारी र धार्मिक वनसहित सागरनाथ वन विकास परियोजनामा डढेलोले ठूलो क्षति पुर्याएको छ।
वन्यजन्तुमा समेत असर परे पनि डिभिजन वन कार्यालयले आगो लगाउने पत्ता लगाउन र कारबाही गर्न नसकेको जनाइएको छ।











प्रतिक्रिया