काठमाडौं ।
काठमाडौं महानगरपालिकाबाट प्रदान गरिँदै आएको निःशुल्क कानूनी परामर्श सेवा लिनेको सङ्ख्या ६४ हजार पुगेको छ। २०७९ माघ १७ गते नेपाल ल क्याम्पससँगको सहकार्यमा सुरु गरिएको यो सेवाबाट विशेषगरी आर्थिक कारणले कानूनी सेवा नपाएका नागरिक लाभान्वित भएका छन्।
वडास्तरमा सेवा उपलब्ध गराउन ५० जना कानून विद्यार्थीलाई खटाइएको छ। प्रत्येक वडामा एक जना र केन्द्रमा तीन जना गरी सेवा संचालन भइरहेको छ। कानूनी परामर्श, निवेदन तथा उजुरी मस्यौदा, मेलमिलाप केन्द्र सहयोग लगायतका कार्यमा उनीहरू संलग्न छन्। अहिले वडामा कानूनी सेवा लिनेको भीड बढेको महानगरले जनाएको छ।











प्रतिक्रिया