झापामा लागुऔषधको गोदाम फेला, नेता खरेल प्रहरीको निगरानीमा


काठमाडौं ।

झापाको बिर्तामोडमा प्रहरीले ठूलो परिणामको प्रतिबन्धित लागुऔषध बरामद गरेको छ। अर्जुनधारा–६ का विनोद घिमिरेलाई पक्राउ गरी सार्वजनिक गरिएको लागुऔषधमा एमाले नेता तथा औषधि व्यवसायी भानुभक्त खरेलको संलग्नता रहेको आशंका प्रहरीले गरेको छ।

प्रहरीले मंगलदीप टोलस्थित घरमा छापा मारेर लाखौँको ट्रामाडोल, डिसाइक्लोमाइन, सिल्डेनाफिल लगायत लागुऔषध बरामद गरेको हो।

पक्राउ परेका घिमिरेले आफू भरिया मात्रै भएको र खरेलकै निर्देशनमा काम गरेको बताएका छन्। खरेल फरार छन् र खोजी भइरहेको प्रहरीले जनाएको छ।