गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा लगाइएको ताला प्रशासनको निर्देशनमा खोलियो


काठमाडौं ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा नेकपा एमाले गाउँ कमिटीले लगाएको ताला जिल्ला सुरक्षा समितिको निर्देशनमा शुक्रबार खोलिएको छ।

स्मार्ट बोर्ड खरिदमा अनियमितता भएको आरोपमा असार ३० गते उपाध्यक्ष मीना गौतमसहित जनप्रतिनिधिहरूले ताला लगाएका थिए।

ताला खोलिएकोप्रति आपत्ति जनाउँदै एमालेले प्रेस विज्ञप्ति जारी गर्दै प्रशासनको कदमलाई अलोकतान्त्रिक भनेको छ। दोषीमाथि कारबाही नभए थप आन्दोलन गर्ने चेतावनी पनि दिइएको छ।