टेलिग्राम एप तत्काल बन्द गर्न इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको निर्देशन


काठमाडौं।

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायकहरुलाई टेलिग्राम एप तत्काल बन्द गर्न निर्देशन दिएको छ।

शुक्रबार सूचना जारी गर्दै प्राधिकरणले अनलाइन ठगी र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) जस्ता गम्भीर अपराधहरूमा टेलिग्राममार्फत संलग्नता बढेकाले एप बन्द गर्न निर्देशन दिनुपरेको स्पष्ट पारेको छ।

प्राधिकरणको सूचनामा भनिएको छ, “टेलिग्राममार्फत अनलाइन फ्रड र मनी लाउन्डरिङ जस्ता गम्भीर अपराधका गतिविधि बढिरहेको जानकारीमा आएकोले उक्त एपको पहुँचमा तत्काल रोक लगाउन सबै इन्टरनेट सेवाप्रदायकहरुलाई निर्देशन दिइएको छ।”

यसअघि पनि टेलिग्राममार्फत हुने ठगीका घटना बढेको भन्दै प्रहरी र साइबर ब्युरोले अनुसन्धान गर्दै आएको छ।