हुम्ला ।
सिमकोट गाउँपालिका–१ बजैवडा गाउँमा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । दोजाबाट खार्पुनाथकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश०२००१त०३५३नम्बर ट्याक्टर आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
जङ्गल जटीबुटी संकलन गर्न गएको श्रमिकहरु चढेको ट्याक्टर आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका नायव उपरीक्षक शंकर पोखरेले बताए । ‘घटनाको विस्तृत विवरण आइसकेको छैन्, मजदुर चढेको भन्ने खबर छ,’ घटनास्थलबाटै नायव उपरीक्षक पोखरेल बताए ।
घाइतेहरुलाई जिल्ला अस्पतल सिमकोटमा पठाउने तयारी भईरहेको कुम्ली स्वास्थ्य चौकीका प्रमुख धनजित भण्डारीले बताए । जटीबुटी संकलन गर्न गएका मानिसहरु घरतर्फ फर्किने क्रममा ट्याक्टरमा आउँदै गर्दा ट्याक्टर आफैँ अनियन्त्रित भई दुर्घटना भएको बताए । अहिले घाइते विरामी लाई जिल्ला अस्पताल सिमकोट ल्याउनको लागि जिल्ला प्रहरी कार्यलयको गाडी र दुईवटा बोलोरोजिप घटनास्थलमा पुगी सकेको उनको भनाइ छ । दुर्घटना भएको ट्याक्टर कुल बहादुर लामाको भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।











प्रतिक्रिया