एमालेको  पोलिटब्युरो बैठक सुरु 


काठमाडौँ ।

 नेकपा एमालेको  पोलिटब्युरो बैठक सुरु भएको छ।

च्यासल, ललितपुर स्थित केन्द्रीय कार्यालयमा उक्त बैठक सुरु भएको हाे । यसअघि बिहान  ११ बजे बस्ने भनिएको  बैठक १  बजे मात्रै बोलाइए पनि थप ढिलो गरी बसेको हाे ।  

 बिहीबार बसेको सचिवालय बैठकले १५ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव पारित गरिसकेको छ । हिजाको सचिवालय बैठकमा विधान संशोधन प्रस्ताव अनुसार ७० वर्षको उमेर हद र कार्यकारी पदमा २ कार्यकाल रहन पाउने व्यवस्था आगामी कार्यकालमा प्रभावित नहुने सहमति भइसकेको छ ।

साथै, पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी कामको जिम्मेवारी दिने वा नदिनेबारे पनि आजको बैठकमा छलफल हुनेछ ।