काठमाडौँ।
सिरहा जिल्लाको सुखिपुर–४ स्थित पोखरीयाबाट साउन २ गते करिब ७ सय १७ के.जी. गाँजा बरामद भएको छ । सोही ठाउँमा रहेको एक घरको विभिन्न कोठामा लुकाई छिपाई राखेको २७ वटा पोकामा प्लास्टिक र बोरामा राखिएको अवस्थामा सो गाँजा फेला परेको हो ।
सो स्थानमा गाँजा लुकाई छिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश सुखिपुरबाट सशस्त्र प्रहरी नायव निरीक्षक अनिल कुमार यादवको कमान्डमा खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले बरामद गरेको हो ।
बरामद गाँजा आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।











प्रतिक्रिया