कैलाली ।
कैलालीको गौरीगंगा नगरपालिका–११ मा नदीमा डुबेर दाजुभाइको ज्यान गएको छ।
स्थानीय लालु धामीका छोरा २५ वर्षीय उमेश धामी र २० वर्षीय प्रकाश धामी लिक्मा नदीमा डुबेका थिए।
इलाका प्रहरी कार्यालय मसुरियाका अनुसार बिहीबार दिउँसो ३ बजे उनीहरूलाई उद्धार गरी सेती प्रादेशिक अस्पताल लगिएको थियो, तर चिकित्सकले दुबैलाई मृत घोषणा गरे।











प्रतिक्रिया