संघीय संसद् अन्तर्गत पाँच संसदीय समितिको बैठक आज बस्दै


काठमाडौं ।

आज संघीय संसद् अन्तर्गत पाँच विभिन्न संसदीय समितिहरूको बैठक बस्ने भएका छन्। बिहान ८ बजे महिला तथा सामाजिक मामिला समितिले घले समुदायलाई छुट्टै जातिमा सूचीकृत गर्ने निवेदनमाथि छलफल गर्दैछ।

८:३० बजे पूर्वाधार विकास समितिले काठमाडौँ चक्रपथ र कलङ्की–महाराजगन्ज खण्डको डिपिआरबारे समीक्षा गर्नेछ। ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तासँग छलफल गर्नेछ।

११:३० बजे सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले शान्ति सुरक्षा र अपराध नियन्त्रणसम्बन्धी अवस्था तथा सुरक्षाकर्मीको मनोबलबारे छलफल गर्नेछ।

मध्यान्ह १२:१५ बजे विधायन व्यवस्थापन समितिले जलस्रोत विधेयक, २०८१ मा विज्ञसँग छलफल गर्ने कार्यक्रम छ।