काठमाडौँ।
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको नेतृत्व हस्तान्तरण गर्न नसकिने बताएका छन् ।
पत्रकार विजयकुमार पाण्डेसँगको अन्तर्वार्तामा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले विद्यासँग कार्यकारी पदमा बसेर चलाएको अनुभव नभएकाले एमालेको नेतृत्व दिन नसकिने बताएका हुन् ।
‘विद्याजीको हकमा राजनीतिमा आउनुपर्छ भनेर पार्टीले ठानेको, मानेको अवस्था छैन । पार्टी काम छोडेर धेरै वर्ष बाहिर बस्नुभयो । उहाँसँग कार्यकारी पदमा बसेर चलाएको अनुभव पनि छैन । यसैले अहिले उहाँलाई एमालेको नेतृत्व हस्तान्तरण गर्न सक्ने अवस्था छैन,ओलीले भनेका छन् ।
उनले विद्याले आफूसँग कुनै परामर्श नगरी राजनीतिमा आएको घोषणा गरेकाले यसबारे पार्टीले छिट्टै औपचारिक निर्णय लिने पनि बताए ।











प्रतिक्रिया