काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज दिउँसो साढे ३ बजे पत्रकार सम्मेलन गर्ने भएको छ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार, वनस्थलीस्थित केन्द्रीय कार्यालयमा हुने पत्रकार सम्मेलनमा समसामयिक राजनीतिक घटनाक्रम, सदन बहिष्कार, रुपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार चयन कार्यविधि र सभापति रवि लामिछानेप्रति गरिएको राजनीतिक प्रतिसोधसम्बन्धी धारणा सार्वजनिक गरिनेछ।
पार्टीले लामिछानेविरुद्धको कदमलाई राजनीतिक प्रतिशोध भन्दै हस्ताक्षर अभियान पनि चलाइरहेको छ।











प्रतिक्रिया