मेयर साह घुस रकमसहित अख्तियारको नियन्त्रणमा


काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहलाई एक लाख रुपियाँ घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

कल्याणपुरस्थित पालिकाको कार्यालयबाटै मेयर साहलाई घुस रकमसहित आयोगको टोलीले नियन्त्रणमा लिएको हो । सेवाग्राहीसंग एक लाख रुपियाँ घुस लिँदै गरेको सूचनाको आधारमा कार्यालय पुगेका आयोगको बर्दिवास कार्यालयको टोलीले मेयर साहलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

अख्तियारको टोलीले नगर कार्यपालिकाको कार्यालयमै राखेर नगरप्रमुख साहलाई सोधपुछ गरेको थियो । त्यसपछि मुचुल्का तयार पारेर थप अनुसन्धान तथा कारबाहीका लागि आयोगको कार्यालय बर्दिबास लगिएको बुझिएको छ ।