समाधान पत्रकारितासम्बन्धी कार्यशाला सम्पन्न


काठमाडौं ।

प्रेस काउन्सिल नेपालले सोलुसन जर्नालिज्म नेटवर्कसँगको सहकार्यमा ‘समाधान पत्रकारितासम्बन्धी एकदिवसीय कार्यशाला सम्पन्न गरेको छ । मंगलवार एक कार्यक्रमबीच समाधान पत्रकारितासम्बन्धी आधारभूत कार्यशाला सम्पन्न भएको हो ।
सोलुसन जर्नालिज्म नेटवर्कका प्रशिक्षक टुमराज कोइरालाले उक्त कार्यशालामा कार्यपत्रसहितको प्रस्तुति राख्नुभएको थियो । सो क्रममा उहाँले समाधान पत्रकारिताबारे परिचयसहित यसका आधारभूत पक्ष, यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा भएका अभ्यासबारे चर्चा गर्नुभएको थियो ।

कार्यशालामा पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यममा कार्यरत २० भन्दा बढी पत्रकारको सहभागिता रहेको थियो । सो कार्यशालामा प्रेस काउन्सिल नेपालका सदस्य बालकृष्ण अधिकारीले प्रेस काउन्सिल नेपाल प्रेस स्वतन्त्रताको संरक्षण गर्दै समाधान पत्रकारिताका लागि सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको बताउनुभयो ।

तीन सत्रमा विभाजित कार्यशालामा पहिलो सत्रमा समाधान पत्रकारितासम्बन्धी कार्यपत्र प्रस्तुत गरिएको थियो । दोस्रो सत्रमा समाधान पत्रकारितासम्बन्धी नेपालमा भएका अभ्यासका सन्दर्भमा छलफल गरिएको थियो । त्यस्तै, तेस्रो सत्रमा समाधान पत्रकारिताका सन्र्दभमा अबको बाटो कस्तो हुनुपर्छ भन्नेबारेमा छलफल भएको थियो ।

छलफलमा प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल, डा. राजेन्द्रराज तिमिल्सिना, तुलसीहरि कोइराला, देवीप्रसाद सापकोटा, यदुप्रसाद भट्ट, तिलकप्रसाद सापकोटा, सुवास साह, टेकराज थामी, रामकला खड्का, सुशीला श्रेष्ठ, सौगात मिश्रलगायतले आ–आफ्ना जिज्ञासासहित धारणा राख्नुभएको थियो । कार्यशालामा आएका जिज्ञासाको जवाफ मुख्य अधिकृत झबिन्द्र भुसालले र प्रशिक्षक टुमराज कोइरालाले दिनुभएको थियो ।

हभागिलाई स्वागत गर्दै सोलुसन जर्नालिज्म नेटवर्कले काउन्सिलसँग सहकार्यमा यस प्रकारको कार्यक्रम पहिलोपटक आयोजना गरिएको र यो कार्यक्रमपश्चात् सम्बन्धित सञ्चार माध्यममा सूक्ष्म रूपमा समाधानमुखी पत्रकारिताको आयामबारे अध्ययन गरी छलफलसमेत गरिने काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले बताउनुभयो ।