काठमाडौं।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ३० व्यावसायिक कम्पनी तथा संस्थालाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान गरेको छ । बुधबार आयोजित कार्यक्रममा उद्योग मन्त्री दामोदर भण्डारीले सम्मान प्रदान गर्दै सीआईपी उपाधिले देशको निर्यात प्रवद्र्धन र निजी क्षेत्रको मनोबल उच्च बनाउन सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
सीआईपी प्राप्त गर्नेमा २१ वटा व्यावसायिक फर्म तथा कम्पनीहरू छन् भने ९ निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूलाई मानार्थ सीआईपी उपाधि दिइएको हो।
प्रतिनिधिमूलक संस्थाका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेश कुमार अग्रवालसहित विभिन्न महासंघ र संघका प्रतिनिधिहरूलाई मानार्थ सीआईपी सम्मान प्रदान गरिएको हो।
नेपाल हस्तकला महासंघ, निर्यात व्यवसायी महासंघ, नेपाल छुर्पी व्यवसायी संघ (झापा), नेपाल गलैंचा उत्पादक तथा निकासी संघ, नेपाल तयारी पोशाक संघ र नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात संघलाई पनि सम्मान दिइएको छ। ती संघहरूलाई आर्थिक वर्ष २०७९-८० र २०८०-८१ मा ५ अर्ब रुपियाँ वा सोभन्दा बढीको निर्यातको आधारमा सम्मान गरिएको हो।
त्यस्तै तेस्रो मुलुकतर्फ सबैभन्दा बढी निर्यात गर्ने वस्तुहरूमध्येबाट चयन गरिएका कम्पनीहरूलाई पनि सीआईपी प्रदान गरिएको छ। जसमध्ये ऊनी गलैंचातर्फ थर्ड आइ इन्टरनेशनल, तयारी पोशाकतर्फ नेपाल फेशन प्रा.लि., ऊनी फेल्टतर्फ नेशनल एक्सपोटर्स प्रा.लि, छुर्पीतर्फ मनराम हिमालयन हेण्डिक्राफ्ट प्रा.लि., पश्मिनातर्फ ट्राइकोट इन्डस्ट्रीज रहेका छन् ।
भारततर्फ निर्यातको आधारमा डाबर नेपाल प्रा.लि., आरती स्ट्रिप्स र रिलायन्स स्पिनिङ मिल्स लिमिटेड पनि सीआईपी सम्मान प्राप्त गरेका छन् ।े चीनतर्फको निर्यातमा छोमेन ट्रेडर्स, फिन्जो सोनाम इन्टरप्राइजेज र अष्ठमंगल काठमाडौंले प्राप्त गरे । साथै मौलिक हस्तकलामा आधारित उच्च निर्यातकर्ताको रूपमा गिफ्ट ल्याण्ड इन्टरप्राइजेज प्रा.लि. पनि सम्मानित भयो।
कृषिजन्य वस्तु निर्यातमा नेपाल एभरेष्ट कार्डमम प्रोडक्सन (झापा) र जडिबुटीमा एबी हर्बल ट्रेडर्स एण्ड सप्लायर्स (दार्चुला)ले सीआईपी सम्मान प्राप्त गर्दा महिला निर्यातकर्तातर्फ जनकपुर रिफाइनरिज, एक अर्बभन्दा बढी निकासी गर्ने कम्पनीहरूमा द सांग्रिला कार्पेट एण्ड ह्याण्डिक्राफ्ट, एभरेष्ट फेशन, त्रिवेणी स्पिनिङ मिल्स रहेका छन् ।त्यस्तै स्टार्टअप क्षेत्रमा माइन्डफुल क्राफ्ट प्रा. लि., विप्रेषणतर्फ आइएमई लिमिटेड, पर्यटन क्षेत्रबाट उच्च विदेशी मुद्रा आर्जन गर्ने एभरेष्ट हस्पिटालिटी होटल रहेका छन्।











प्रतिक्रिया