सवारी दुर्घटनामा दुई जनाको मृत्यु


काठमाडौं।

महोत्तरी, गौशाला नगरपालिका-३ नवराजपुरस्थित सडकमा ज.५ प ५०१४ नम्बरको मोटरसाइकल र बीआर ०७ एजि ८१३२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा ज.५ प ५०१४ नम्बरको मोटरसाइकलमा सवार भंगहा नगरपालिका-४ बस्ने ४० वर्षीया अमला देवी सरदार वातरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ज.५ प ५०१४ नम्बरको मोटरसाइकल चालक र सोही मोटरसाइकलमा सवार अन्य १ जनालाई थप उपचारको लागि बर्दिबासतर्फ पठाइएको छ । प्रहरीले हाल फरार बीआर ०७ एजि ८१३२ नम्बरको मोटरसाइकल चालकको खोजी गरिरहेको छ ।

सर्लाही, कविलासी नगरपालिका-१० पिडार चोकस्थित सडकमा कविलासीबाट मलंगवातर्फ जाँदै गरेको प्र.२-०३-०१४ प १२१४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूषको बुधबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि जनकपुरतर्फ पठाइएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।