काठमाडौं ।
नेकपा (एमाले) ले बिहीबार दिउँसो १ बजे पार्टी सचिवालय बैठक आह्वान गरेको छ। स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, साउन २ र ५ गते तय गरिएको पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारीका लागि सचिवालय बैठक बोलाइएको हो।
बैठकमा आगामी भदौ २०–२२ गते ललितपुरको गोदावरीमा हुने दोस्रो विधान महाधिवेशनको तयारीबारे छलफल हुनेछ। राजनीतिक प्रतिवेदन अध्यक्ष केपी ओली, सांगठनिक महासचिव शंकर पोखरेल र विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्नेछन्।
विधान संशोधन प्रस्तावमा ७० वर्षे उमेरहद र अध्यक्षको कार्यकाल सीमाका प्रावधानहरू हटाउने तयारी भइरहेको छ। यसअघि लागू गरिएको उमेरहद प्रावधान २०८० जेठमा स्थगित गरिएको थियो। अध्यक्षका लागि कार्यकाल सिमांकनबारे पनि पार्टीभित्र विवाद कायम छ।











प्रतिक्रिया