भीड, हैरानी र सेटिङको घेरामा अध्यागमन


काठमाडौं ।

दैनिक हजारौं यात्रुको चाप झेलिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन सेवा बदनाम हुँदै गएको छ। यात्रुहरूले लामो लाइन, अपमानजनक व्यवहार, सेवामा ढिलासुस्ती जस्ता समस्याको सामना गर्नुपरेको गुनासो गर्दै आएका छन्। पोखरा र लुम्बिनी विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा सम्पूर्ण बोझ काठमाडौंको विमानस्थलमा परेको हो।

अध्यागमन सेवामा सुधार ल्याउन ‘सेटिङको जालो भत्काउने’देखि ‘समन्वय बढाउने’सम्मका १० सुझाव लेखमा प्रस्तुत छन्। सेवामा देखिएको अव्यवस्था, उपकरण र जनशक्तिको कमी, कर्मचारीको मनोबल गिरावट, भनसुन संस्कृति, तथा संस्थागत समन्वयको अभाव जस्ता समस्या समाधानका लागि यी सुझाव महत्त्वपूर्ण ठहरिएका छन्।

सुधारका साना–साना तर प्रभावकारी कदमबाट अध्यागमनलाई यात्रुमैत्री, व्यवस्थित र इमानदार बनाउन सकिने लेखमा उल्लेख गरिएको छ। अब गफ होइन, कामको पालो आएको सन्देश लेखमार्फत दिइएको छ।