काठमाडौं ।
देशभर मनसुनी वायुले प्रभाव जमाउँदै लिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, गण्डकी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो अधिकांश प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका केही स्थानमा धेरै भारी वर्षा हुन सक्नेछ भने मधेस, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना छ।
उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ। राति पनि देशभर बदली रहने र केही स्थानमा वर्षा जारी रहने महाशाखाले जनाएको छ। भारी वर्षाको जोखिम रहेकाले बाढी, पहिरो र भूक्षयको सम्भावनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन अनुरोध गरिएको छ।











प्रतिक्रिया