मोरङ।
मिक्लाजुङ गाउँपालिका-६ जनजाती चोकस्थित सडकमा प्र.१-०२-००३ ह ३५९५ नम्बरको अटो रिक्साको ठककरबाट सोही ठाउँ बस्ने ५२ वर्षीय अमृत मगरको मृत्यु भएको छ । सोमबार बेलुकी भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरमा थप उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।
प्रहरीले हाल फरार अटो रिक्सा र चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया