बीमा प्राधिकरणका अध्यक्ष ओझामाथि छानबिन गर्न सरकारले बनायो समिति


काठमाडौँ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न सरकारले समिति बनाएको छ। सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिका अन्य दुई जना सदस्यमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला छन्।

गत फागुन १२ गतेको मन्त्रिपरिषद बैठकले ओझालाई अध्यक्षमा नियुक्त गरेको थियो। तर,ओझासँग प्राधिकरणको अध्यक्षका लागि आवश्यक योग्यता नरहेको र उनले बुझाएका कागजात समेत फर्जी रहेको आरोप लागेको छ।

सोही आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो।

अख्तियारले अनुसन्धान गरिरहेको छ।