काठमाडौँ।
पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कीर्तिपुर रंगशालामा प्यारापिट र फ्लडलाइट नदेखिएको भन्दै उठाएको प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका छन्।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जवाफ दिँदै प्रचण्डको टिप्पणीप्रति असन्तुष्टि व्यक्त गरे। उनले भने, “कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट? खोई प्यारापिट? भनेर प्रश्न गर्नुभएछ। मेरो आग्रह छ— बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस्। काम भइरहेकै छ।”
ओलीले प्रचण्डको नेतृत्वकालतर्फ संकेत गर्दै थपे, “तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नु भएन, तपाईंले केही गर्नु परेन र गर्नु पनि भएन।”
आफ्नो कार्यशैली र प्रतिबद्धता उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, “मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें र काम पनि गरें।”
ओलीले अर्थतन्त्रको विषयमा समेत टिप्पणी गर्दै भने, “तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु।”











प्रतिक्रिया