काठमाडौं ।
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार अनुमान गरेको छ । तीमध्ये २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपियाँ सञ्चित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपियाँ अन्य बाह्य व्ययभार हुने बजेट बनेको छ । जसमध्ये आन्तरिक आय र बैंक मौज्दात गरी कुल २० अर्ब १२ करोड ६४ लाख रुपियाँको स्रोत व्यवस्थापन हुने अनुमान छ ।
उपप्रमुख सुनिता डंगोलले आइतबार प्रस्तुत गर्नुभएको बजेट गत आर्थिक वर्षको भन्दा झण्डै ५६ करोड बढी हो । गत वर्ष २४ अर्ब ९० करोड ६३ लाख रुपियाँको बजेट पेस गरिएको थियो ।
‘
नेपाल सरकार तथा प्रदेश सरकारवाट सशर्त, समानीकरण, राजस्व बाँडफाँटबाट प्राप्त हुने अनुदान ४ अर्ब ९८ करोड ७९ लाख ४१ हजार रुपियाँको स्रोत सुनिश्चित भएको छ । स्रोतकाअनुसार आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि कामपाले पूर्वाधार विकासमा सबैभन्दा बढी बजेट राखेको छ । सो शीर्षकमा ५१ प्रतिशत अर्थात् १२ अर्ब ८० करोड ८३ लाख १४ हजार बजेट व्यवस्था गर्न लागिएको छ । दोस्रोमा सामाजिक विकास विभागको २० प्रतिशत अर्थात् ५ अर्ब २ करोड २८ लाख ६८ हजार विनीयोजन गर्ने तयारी भइरहेको छ भने कार्यालय सञ्चालन र प्रशासनिकमा १४ प्रतिशत अर्थात् ३ अर्ब ५१ करोड ६० लाख ८ हजार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र शीर्षकमा १२ प्रतिशत अर्थात् ३ अर्ब १ करोड ३७ लाख २१ हजार र आर्थिक विकास शीर्षकमा ३ प्रतिशत अर्थात् ७५ करोड ३४ लाख ३० हजार विनियोजन गर्ने तयारी छ ।
आगामी आर्थिक वर्षमा काठमाडौं महानगरपालिका क्षेत्रभित्रका पूर्वाधार योजनाहरूलाई उच्च प्रथामिकतामा राखेको छ । ‘फोहोरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा सुधार, सुशासन प्रवद्र्धन, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको क्षमतावृद्धि, एक वडा एक उद्यम कार्यक्रमलाई प्रवद्र्धन गरी रोजगारी र आयवृद्धि गर्ने कार्यक्रमहरूलाई समेत उच्च प्राथामिकतामा राखिएको छ ।
कामपा क्षेत्रभित्रको ध्वनि प्रदूषण कम गर्ने, सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने, ऐतिहासिक, धार्मिक, पुरातात्विक, महत्व बोकेका मठ,मन्दिर, पोखरी, हिटी, वहाः वही, ननीलगायतका सम्पदास्थलहरूको संरक्षण र प्रवद्र्धनमा समेत यथेष्ट बजेट व्यवस्थापन गरिएको गरिएको उपप्रमुख डंगोलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘हामीबीच केही अविश्वास, केही तीता–मिठा अनुभव प्रस्तुत भए, आरोप प्रत्यारोप पनि भए सबै कुरा मन्थन भयो । समस्या समाधान पनि भयो र आज हामी फेरि एक ढिक्का भएर यस गरिमामय सभामा उपस्थित भएका छौं ।’
ढिलै भए पनि अगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम ल्याउन सफल भएको दाबी गर्दै उहाँले भन्नुभयो– ‘हाम्रो सहयात्रा ३ वर्ष पुगिसकेको छ । जनताका अपेक्षाहरू धेरै छन् । अबका दिनमा हामी महानगरवासीलाई आफ्नो सामथ्र्यले भ्याउनेसम्मको काम गर्ने प्रण यसै सभामार्फत् भन्नु चाहन्छु ।’
आफूहरू महानगरको विकास गर्न आएका निर्वाचित जनप्रतिनिधि भएको जिकिर गर्दै उपमेयर डंगोलले काठमाडौंको मुहार परिवर्तन गर्न अन्य निकाय र सरोकारवाला निकायहरूबीच परस्पर सहकार्य र समन्वयमा काम अगाडि बढाउन चाहेको बताउनुभयो ।











प्रतिक्रिया