रसुवामा बाढीको जोखिम, प्रशासनद्वारा सतर्कता अपनाउन अनुरोध

1.5k
Shares

रसुवा ।

असार २४ गते रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर २ स्थित रसुवागढिमा चिनको सिमाना लेन्दे खोलामा आएको बाढिका कारण भोटेकोशि तथा त्रिशूली नदि छेउछाउ मा वसोवास गर्ने नागरिक हरूमा आवश्यक पुर्व तयारि र सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय रसुवाले अनुरोध गरेको छ ।

नेपालमा सक्रिय मनसुन प्रणालि र छिमेकि राष्ट्र चिनको तिव्वत क्षेत्रमा समेत मनसुन प्रणालि सक्रिय हुने र बर्षाका कारण भोटेकोशि,त्रिशूली ,चिलिमे ,लाङटाङ लगाएतका नदिहरूमा पानिको वहाव बढन सक्ने र जल तथा मौसम विज्ञान विभाग र चिनियाँ पक्ष ले नेपाल र चिन को सिमाना क्षेत्रमा केही दिन भारि वर्षा हुन सक्ने भन्दै बर्षाका कारण नदिको वहाव बढदा विपद जोखिम हुन सक्ने सुचना पठाएपछि जिल्ला प्रशासन कार्यालय रसुवाले प्रेस विज्ञप्ति मार्फत सुचना जारि गरेको हो ।

प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल का अनुसार २४ गते मंगलवार भएको क्षतिलाई आत्मसाथ गर्दै नदि आसपास रहेको कार्यालय,संस्था,निर्माणाधिन जलविद्युत आयोजना तथा सम्पन्न भई सन्चालन मा आएका विधुत उत्पादन केन्द्र मा थप क्षति हुने भएकाले आम जनसमुदाय हरू लाई सावधानी रहन अनुरोध गरिएको वताउनु भयो ।

बर्षायाममा बाढि पहिराले विपद का घटना घटे मा तत्कालै जिल्ला प्रशासन कार्यालय मा खवर गर्न अनुरोध गरिएको छ ।