काठमाडौं ।
हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा अधिकांश प्रदेशहरूमा बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भेगमा सामान्यतया बदली रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
सोमबार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्नेछ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना पनि छ। उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुन सक्ने देखिएको छ।
महाशाखाले संभावित वर्षाका कारण भूक्षय, बाढी, पहिरो र डुबानको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।











प्रतिक्रिया