काठमाडौं।
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। आइतबार सम्पन्न १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले उक्त बजेट प्रस्तुत गरेकी हुन्।
बजेटमध्ये २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार संचित कोषमा आधारित रहनेछ भने बाँकी ६५ करोड रुपैयाँ अन्य बाह्य स्रोतबाट जुटाइने अनुमान गरिएको छ। मेयर बालेन्द्र शाहले बजेट प्रस्तुत गर्नु अघि नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए।
संवैधानिक व्यवस्थाअनुसार असार १० गतेभित्र बजेट सार्वजनिक गर्नुपर्ने भए पनि आन्तरिक द्वन्द्वका कारण ढिलाइ भएको र त्यसका लागि उपप्रमुख डंगोलले नगरवासी समक्ष माफी मागेकी छन्।











प्रतिक्रिया