दलमा अनुशासन कि प्रतिशोध ? दलहरु भित्र बढ्दो असन्तोष

4.14k
Shares

काठमाडौं ।

२०७९ को निर्वाचनपछि प्रमुख दलहरूमा अनुशासन र प्रतिशोधको बहस तीव्र बन्दै गएको छ। नेपाली कांग्रेसले निर्वाचनमा घात गरेको भन्दै १८ जनामाथि कारबाही गरेपछि त्यसले व्यापक प्रतिक्रिया र विवाद निम्त्याएको छ। शेखर कोइराला पक्षले यसलाई राजनीतिक प्रतिशोध भनेको र कडा रुपमा उत्रिने छन् ।

एमालेमा पनि अध्यक्ष केपी ओलीको आलोचना गर्नेहरूलाई अनुशासन उल्लंघनको आरोप लगाएर निलम्बन गरिएको छ। पछिल्लो समय कार्यकर्ताहरूले नेतृत्वमाथि प्रश्न उठाउन थालेका छन्। उता समाजवादी पार्टीमा अध्यक्ष माधव नेपालमाथि भ्रष्टाचार मुद्दा परेपछि समीक्षा हुनुपर्ने आवाज उठ्दा त्यसलाई दबाएर रामकुमारी झाँक्रीमाथि नै कारबाही प्रक्रियामा प्रवेश गरिएको छ।

माओवादी केन्द्रमा समेत नेतृत्व आलोचना गर्नेलाई शंका र अनुशासनको नजरले हेर्ने प्रवृत्ति देखिएको छ। समग्रमा, दलहरूमा अनुशासनको नाममा आलोचकमाथि कारबाही गर्ने र नेतृत्वप्रति प्रश्न उठाउन नदिने प्रवृत्ति हावी हुँदै गएको देखिन्छ।