काठमाडौं ।
आज प्रतिनिधिसभाका दुई संसदीय समितिको बैठक बस्दैछन्। बिहान साढे ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा भोटेकोशी बाढी, विपद् व्यवस्थापन तथा चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा व्यक्त सरकारी आश्वासनबारे छलफल हुने भएको छ।
त्यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बिहान साढे ११ बजेतै बस्नेछ। बैठकमा वित्तीय संघीयता कार्यान्वयनको सन्दर्भमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको काम, सिफारिस र कार्यान्वयनको अवस्थाबारे छलफल हुनेछ।











प्रतिक्रिया