संगीतकार टंक बुढाथोकीको निर्माण र निर्देशनमा निर्माणाधिन फिल्म मनबिनाको धन आगामि कात्तिक २१ गते रिलिजमा आउने भएको छ।
फिल्मकी निर्मात्री विष्णुमाया मैनाली र वितरण कम्पनीहरूबीच लिखित सम्झौतापछि निर्माण समूहले फिल्म कात्तिक २१ गते रिलिजमा ल्याउने घोषणा गरेको हो।

फिल्मको वितरण अधिकार नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले खरिद गरेको छ। अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, एआर बुढाथोकी, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन नेपाल, विजय डंगोललगायतका कलाकारले अभिनय गर्ने फिल्मको नामकरण अशोक दर्जीले गाएको पहिलो गीत मनबिनाको धन ठूलो कि धनबिनाको मनबाट गरिएको हो।
दजीले आफ्नो पहिलो गीतबाटै जीवनमा परिवर्तन पाएका थिए। दर्जी हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन्। गीतमा टंक बुढाथोकीको संगीत थियो।
सामाजिक विषयवस्तुमा निर्माणाधिन फिल्म टंक बुढाथोकी नै लेखेका छन् भने पटकथा र संवाद शिवम् अधिकारी, संगीत टंक बुढाथोकी, कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछाने, छायांकन सौरभ लामा र सम्पादन मित्र डी गुरुङको रहेको छ। फिल्ममा सपना शर्मा कार्यकारी निर्मात्री तथा जीपी संग्रौला, विवेक नेपाल र विजया पाण्डे सहनिर्माता रहेका छन्।











प्रतिक्रिया