ललितपुर ।
ललितपुर महानगरपालिका–८ भञ्ज्याङ स्थित श्री बालकुमारी श्रृजना क्लबको अध्यक्षमा राजकुमार कुँवर निर्वाचित भएका छन्। आज सम्पन्न अधिवेशनले उनको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्ष, महासचिव,सचिव र कोषाध्यक्षमा क्रमशः श्रीकृष्ण थापा, अरुणजंग कुँवर, रवि थापा, राजेश कुँवर चयन भएका छनु । सदस्यमा अन्जु थापा कुबर, अन्जु भण्डारी थापा, पूर्णिमा गुरुङ, नारायण थापा, राजेन्द्र थापा, विष्णुप्रसाद पौडेल, जीवनकुमार केसी, ज्ञानेन्द्र थापा , जितलाल श्रेष्ठ र सञ्दिप कुँवर रहेका छन् । कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

कार्यक्रममा क्लबका उपाध्यक्ष किशोर कुँवरले सांगठनिक र भावी कार्ययोजना सहितको प्रतिवेदन पेस गरेका थिए भने कोषाध्यक्ष राजेश कुँवरले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि ललितपुर महानगरपालिका–१८का अध्यक्ष दामोदर खड्काले क्लबले गरेको गतिबिधिको प्रसंसा गर्दै आगामी दिनमा वडाले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । उनले वडास्तरीय क्लब मध्ये वालकुमारी क्लबले खेलेको भुमिकाको प्रसंसा गरे । अध्यक्ष दीपक थापामगरले दुई कार्यकालमा आफूले गरेको क्रियाकलापको बारेमा जानकारी दिएका थिए ।

बिसं २०३५ सालमा स्थापित क्लबको बारेमा जानकारी दिदै पूर्वअध्यक्ष एवं समाजसेवी नवराज कुँवरले क्लको गतिविधिलाई थप उर्जाशिल बनाउनुपर्ने बताए । क्लबको वार्षिक कार्यक्रम अन्तर्गत फुटबल, ब्याडमिन्टन खेलकुद कार्यक्रम संचालन गरिरहेको छ । भने क्लबको स्थापना भएको दिन कृष्णअष्टमीमा कृष्णपुरा र सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गरेको छ । त्यस्तै वार्षिक कार्यक्रम अन्तर्गत दशै र तिहारको उपलक्ष्यमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गरेको छ ।











प्रतिक्रिया