जुम्ला।
जुम्लामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । जुम्लाको तिला गाउँपालिका–६ स्थित सुडी गाउँका ३५ वर्षीय जंग बहादुर रावतको भिरबाट लडेर मृत्यु भएको तिला गाउँपालिकामा रहेको रारालिही प्रहरी चौकीले जनाएको छ ।
शनिबार बिहान करिब ७ः१५ बजे दाउरा काट्न जंगल गएका रावत अबेरसम्म घर नफर्केपछि आफन्तहरूले खोजी कार्य सुरु गरेका थिए ।
खोजतलासका क्रममा घरबाट करिब २ किलोमिटर टाढा रहेको साटले जंगलको भिरबाट करिब १०० मिटर तल मृत अवस्थामा रावतको शव फेला परेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले बताएको छ।











प्रतिक्रिया