प्रधानमन्त्री ओली आज झापा हुँदै विभिन्न कार्यक्रममा सहभागी हुँदै


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउँदै हुनुहुन्छ। दुई दिनको झापा भ्रमणका क्रममा उहाँले भद्रपुर विमानस्थल हुँदै आगमन गर्ने कार्यक्रम छ। भ्रमणलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ।

शनिबार प्रधानमन्त्री ओलीले बुद्धशान्ति गाउँपालिकामा अस्पताल उद्घाटन तथा कन्काई नगरपालिकामा धनीपुर्जा वितरण कार्यक्रममा सहभागी हुनेछन्।

आइतबार भने दमकमा विश्व बैंकको लगानीमा निर्माण भइरहेको मदनडाँगी–ताराबारी डिपु सडक स्तरोन्नति र गौरीगन्जको रतुवा खोलाको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।

सोही दिन बिर्तामोडको सिटी सेन्टरमा कार्यकर्ता भेलालाई सम्बोधन गरेर प्रधानमन्त्री काठमाडौं फर्किनेछन्।