काठमाडौं।
काठमाडौं, चन्द्रागिरी नगरपालिका-१५ तिनथानास्थित सडकमा बा.८५ प ४८२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बा. प्र.०२-०४२ प ९८२२ नम्बरको स्कुटरमा ठोक्किएर शुक्रबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक चन्द्रागिरी नगरपालिका-४ थानकोट घर भएका ३४ वर्षीय रोशन ढकालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
कपिलवस्तु, बुद्धभुमी नगरपालिका-२ गोरूसिङगे बजारस्थित सडकमा हाल नम्बरको नखुलेको मोटरसाइकलको ठक्करबाट हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३० वर्षीया महिलाको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सिराहा, सिरहा नगरपालिका-१७ स्थित सडकमा बीआर ३२ वाई ३९९१ नम्बरको कारको ठक्करबाट साइकलयात्री भारत जयनगर थाना बेलापूर्वी पंचायत-७ बस्ने ४० वर्षीय प्रमेश्वर यादवको शुक्रबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन, राप्ती नगरपालिका-२ गढ्यौलीस्थित सडकमा ना. ६४ प २९४२ नम्बरको मोटरसाइकलले साकललाई ठक्कर दिदाँ साइकलमा सवार सोही नगरपालिका-२ बस्ने १५ वर्षीय सोहन तामाङको बिहीबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र साइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया