मुगुको सोरु गाउँपालिकामा व्यापारीको धम्कीबाट कर्मचारी जोखिममा


काठमाडौं ।

मुगुको सोरु गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत कुमार प्रसाद उपाध्याय र लेखा सहायक बिमला कुमारी ढकाललाई रकम भुक्तानी नगरेको भन्दै स्थानीय व्यापारीले बन्धक बनाएर ज्यान मार्ने धम्की दिएका छन्।

स्थानीय व्यापारीले लाखौँ रुपैयाँको शीर्षकविहीन बिल भुक्तानी गरिदिन दबाब दिएका थिए। तर, लेखा अधिकृत र सहायकले शीर्षकविहीन भुक्तानी असम्भव रहेको स्पष्ट गर्दा व्यापारीले धम्की दिएका हुन्।

घटना पछि पालिकामा तनाव देखिएको छ।

मुगुको सोरु गाउँपालिकामा स्थानीय व्यापारी र कर्मचारीबीच सामान्य विवाद भएकाे जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले बताए।

जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेका अनुसार कर्मचारीहरू अहिले सुरक्षित छन्। “आन्तरिक विवाद भए मलाई थाहा छैन,” पाण्डेले बताए। उहाँका अनुसार सुरक्षाको दृष्टिले कर्मचारीहरू पूर्ण रूपमा सुरक्षित अवस्थामा छन्।