मोटरसाइकल चोरीमा संलग्न  एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा


काठमाडौँ। 

मोटरसाइकल चोरीमा संलग्न एकजनालाई काठमाडौँको गौशाला स्थित पशुपति मन्दिरको पार्किङस्थलबाट हिजो (बुधबार) ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा आउनेमा ताप्‍लेजुङको मैवाखोला गाउँपालिका १ घर भई काठमाडौँको मुलपानी बस्ने ३० वर्षीय प्रदिप वनेम लिम्बु रहेका छन् । 

वास्तविक नम्बर बागमती प्रदेश ०२-०४९ प ८००३  रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०४६ प ९७ २० राखी चलाइरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

उक्त मोटरसाइकल इलाम सुर्योदय नगरपालिका १ का अभिषेक वेगाले काठमाडौँको बालाजुबाट हराएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । नियन्त्रणमा आएका वनेम लिम्बुलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए  ।