आषाढ पूर्णिमाको अवसरमा भारतीय दूतावासद्वारा विशेष पूजाअर्चना


काठमाडौं। 

 पवित्र अषाढ पूर्णिमाको अवसरमा काठमाडौंस्थित भारतीय दूतावास ले नेपालभरका विहारहरुबाट आएका थेरावाद, महायान र वज्रयान परम्पराका भिक्षु तथा प्रतिनिधिहरुको सहभागितामा विहीबार  विशेष प्रार्थना समारोह आयोजना ग¥यो । 

कार्यक्रममा गौतम बुद्धले सारनाथमा दिएको पहिलो उपदेशलाई सम्झिँदै पवित्र मन्त्रपाठ तथा प्रार्थना गरिएको थियो। यस अवसरमा भारत र नेपालको धार्मिक, सांस्कृतिक र आध्यात्मिक सम्बन्धलाई थप सुदृढ बनाउने सन्देश दिइएको थियो।

सारनाथको धर्मचक्र प्रवर्तन दिवसका रूपमा समेत मनाइने अषाढ पूर्णिमालाई बौद्ध धर्मावलम्बीहरूले विशेष महत्वका साथ मनाउँछन्। भारत र नेपाल दुबै देशका साझा धार्मिक सम्पदाका प्रतीक बुद्धको शिक्षालाई स्मरण गर्दै आयोजित सो समारोहले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई अझ गहिरो बनाएको भारतीय दूतावासले जनाएको छ।