काठमाडौँ।
७ अक्टोबर २०२३ मा हमास आतङ्ककारी र तिनका सहयोगीहरूद्वारा इजरायलमा गरिएको क्रूर आक्रमणका पीडित तथा बाँच्न सफलहरूप्रति न्याय र मान्यता सुनिश्चित गर्न स्थापना गरिएको द डाइना प्रोजेक्ट सम्बन्धी प्रतिवेदन सार्वजनिक भएको छ।
प्रख्यात कानुनी तथा लैङ्गिक विज्ञहरूको नेतृत्वमा गठन गरिएको यस परियोजनाले उक्त आक्रमणका क्रममा भएको द्वन्द्वजन्य यौन हिंसा र अमानवीयताको अनुसन्धान, अभिलेखिकरण र न्याय प्रक्रियालाई सशक्त रूपमा अघि बढाएको छ।
परियोजनामा आबद्ध बहु(आयामिक विज्ञहरूको ज्ञान र दक्षताको माध्यमबाट द डाइना प्रोजेक्ट ७ अक्टोबरका पीडितहरूका लागि मान्यता र न्याय सुनिश्चित गर्ने प्रमुख स्रोतको रूपमा स्थापित भएको छ।
यस परियोजनाले घटनाका यथार्थ र मानव अधिकार उल्लंघनहरू उजागर गर्दै अन्तर्राष्ट्रिय समुदायको ध्यान समेत आकर्षित गरिरहेको जनाइएको छ ।











प्रतिक्रिया