सिन्धुलीको डुडभन्ज्याङ्गमा चट्याङ लाग्दा ३ जना घाइते


काठमाडौं ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ डुडभन्ज्याङ्गमा गएराति परेको चट्याङका कारण तीन जना घाइते भएका छन्।

चट्याङले स्थानीय एक घरमा सामान्य क्षति पनि पुगेको जनाइएको छ।

घाइतेहरूको अवस्था सामान्य रहेको र आवश्यक उपचार भइरहेको स्थानीय प्रशासनले जानकारी दिएको छ।