कांग्रेस इतर समूहको बैठक, अनुशासन कारबाहीप्रति असन्तुष्टि


काठमाडौं ।

नेपाली कांग्रेसको इतर समूहको बैठक नेता शेखर कोइरालाको विशालनगरस्थित सचिवालयमा बसिरहेको छ। पार्टी अनुशासन समितिले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल र पूर्वमन्त्री कुमार खड्कासहित २३ जनालाई गरेको कारबाहीबारे धारणा बनाउन बैठक बसेको हो।

बैठकमा कोइराला, उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार, बलबहादुर केसी, सञ्जय गौतमलगायत नेताहरू सहभागी छन्।

संस्थापन पक्षले बहुमतको आधारमा इतर समूहका नेतालाई मात्र कारबाही गरेको भन्दै समूह असन्तुष्ट देखिएको छ। अनुशासन समितिमा तीन जना संस्थापन र दुई जना इतर समूहका प्रतिनिधि छन्। कारबाहीमा परेकामध्ये अधिकांश इतर समूहका नेता रहेका छन्।