काठमाडौं ।
चीनबाट आएको बाढीले रसुवागढी नाका जोड्ने मितेरी पुल बगाउनुका साथै रसुवा क्षेत्रमा रहेका प्रमुख जलविद्युत् आयोजना र पूर्वाधारमा ठुलो क्षति पुर्याएको छ। २४ कन्टेनर, ६ ट्रक, ३५ इभी गाडी बगाउनुका साथै रसुवागढी, चिलिमे, त्रिशूली–३ ए, देवीघाट, अपर मैलुङ टाडीजस्ता आयोजना बन्द भएका छन्।
नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीका कारण करिब २५० मेगावाट विद्युत् उत्पादन ठप्प भएको छ भने रसुवागढी, त्रिशूली–३ ए आयोजनाको उत्पादन अनिश्चितकालका लागि बन्द छ। साथै, निर्माणाधीन सुक्खा बन्दरगाह, ड्याम, चार्जिङ स्टेसन र प्रसारण लाइनमा समेत गम्भीर क्षति पुगेको छ।
गत तीन वर्षमा बाढीका कारण जलविद्युत् क्षेत्रमा अर्बौंको नोक्सानी भइरहेकाले लगानीकर्ताले सुरक्षाका उपायमा ध्यान दिनुपर्ने अवस्था आएको बताइएको छ।











प्रतिक्रिया