सुनकोसी गाउँपालिकामा १० दिनपछि तालाबन्दी खुल्यो

4.98k
Shares

काठमाडौ ।

सिन्धुलीको सुनकोसी गाउँपालिकामा विद्यालय प्रधानाध्यापक सरिता चौलागाईंमाथि स्पष्टीकरण सोधिएको विषयलाई लिएर गरिएको १० दिने तालाबन्दी मंगलबार खोलिएको छ।

गाउँपालिकाका अध्यक्ष दीपा बोहोरा दाहालको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको समन्वयमा बसेको सर्वपक्षीय बैठकले तालाबन्दी खोल्ने निर्णय गरेको हो।

प्रअ चौलागाईंमाथि विद्यालय भवन निर्माणको रकम हिनामिना र अनियमित सुविधा लिएको आरोपमा अख्तियारमा मुद्दा दर्ता भएको थियो। सोही विषयमा गाउँपालिकामा तीनवटा उजुरी परेको भन्दै शिक्षा कार्यविधि अनुसार उनलाई स्पष्टीकरण सोधिएको थियो। उपाध्यक्ष कपिलकुमार कोइरालासहित चार वडाध्यक्षले तालाबन्दी गरेका थिए।

सुनकोशिका प्रमुख प्रसाशकिय अधिकृत अर्जुन दर्जिले नेलाल समाचार पत्रलाई भने मैले जनताको काम मेरो कार्यकक्षमा उपाध्यक्ष र वडा अध्यक्षले तालाबन्दी गरे नि मैले बाहिर बसेर सेवा दिएको जानकारी दिनुभयो । उपाध्यक्षले काम लाउनु हुन्छ मैले बाहिर बसेर सेबा दिएको प्रमुख प्रसाशकिय अधिकृत अर्जुन दर्जिले बताउनुभयो ।

अब उक्त विषयमा आवश्यक छानबिन गरी प्रतिवेदन नियमनकारी निकायमा पेश गरिनेछ। तालाबन्दी खुलेसँगै गाउँपालिकाको सेवा नियमित रूपमा संचालनमा आएको छ।