भीरबाट खसेर घाइते भएका सहायक हवल्दारको हेलिकोप्टरमार्फत उद्धार


काठमाडौँ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–३ लिङलिङमा उद्धार कार्यमा खटिएका सप्रसह विशाल थापा घाइते भएका छन् ।

आज बिहान १०:१५ बजे नं. २० गुल्म रसुवाबाट सप्रनिको कमाण्डमा गएको टोलीमा रहेका सप्रसह विशाल थापा भिरको बाटो हिँड्ने क्रममा अचानक करिब १० मिटर तल खस्दा टाउको र घुँडामा चोट लागेर घाइते भएका हुन्।

घाइते थापालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत १५:५० बजे उद्धार गरी १६:१४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा ल्याइएको सेनाले जनाएको छ। उनलाई तत्काल एम्बुलेन्समार्फत बलम्बुस्थित एपीएफ अस्पताल लगिएको छ।