काठमाडौं ।
झापा जिल्लाको अर्जुनधारा नगरपालिका–८ मा सामूहिक कुटपिटबाट २२ वर्षीया गंगा राईको मृत्यु भएको छ। अर्जुनधारा–४ भाङवारीकी र हाल शनिश्चरे क्याम्पस नजिक बस्दै आएकी गंगालाई सुस्मिता भुसालले साथीहरू बोलाई कुटपिट गराएको प्रहरीले जनाएको छ।
मंगलबार राति ११:३० बजे सुस्मिताले मैया श्रेष्ठ, बबिता विक, मेनुका पाँचकोटे र नर्बदा सुनदासलाई बोलाएर गंगामाथि हमला गराएकी थिइन्। गम्भीर घाइते गंगालाई बिर्तासिटी अस्पतालमा लगिएकोमा आज बिहान १:२० बजे उनको मृत्यु भएको हो।
प्रहरीले घटनामा संलग्न ५ महिला र सुस्मिताका श्रीमान् रमेश भुसाललाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ।











प्रतिक्रिया