बाढीले कालुङखोला जलविद्युत आयोजना बगायो


काठमाडौं ।

बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थाप बिजुवामा रहेको कालुङखोला जलविद्युत आयोजना बुधबार बाढीले बगाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार विद्युतगृह र तीनवटा झुलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

बाढीले एक गोरू समेत बगाएको छ भने करिब १० घर उच्च जोखिममा परेका छन्। स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।